• ट्रेण्डिङ्ग :
कांग्रेस, एमालेबीचको बैठकविना निश्कर्ष सकियो

कांग्रेस, एमालेबीचको बैठकविना निश्कर्ष सकियो


  • 5.7K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    कांग्रेस, एमालेबीचको बैठकविना निश्कर्ष सकियो

    काठमाडौं, १४ फागुन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निश्कर्षमा सकिएको छ।

    images

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरू आआफ्नै अडानमा अडिग रहँदा छलफलविना निश्कर्षमा सकिएको हो । 

    छलफलमा प्रतिनिधि सभा सुरु गर्न आग्रह गरिएपनि एमाले नेताहरूले पुरानै अडान दोहोर्‍याएको बताइएको छ । 

    बैठकमा दुबै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

    कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।

     


    तेस्रो आँखा