• ट्रेण्डिङ्ग :
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • 2.7K
    SHARES
    • आश्विन १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    दाङ १८ असोज । दाङमा मोटरसाइकलले ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–६ कुलामोहरका ४६ वर्षीय मंगल विक रहेका छन् । मोटरसाइकलबो ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुन् ।

    images

    बिहीबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको विक सवार साइकललाई ठक्कर दिएको थियो । 

    गम्भिर घाइते भएका विकको उपचारका क्रममा कोहरपुरमा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक लमही नगरपालिका–८ का २२ वर्षीय एरोन चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा