• ट्रेण्डिङ्ग :
चाडपर्वकाे समयमा  ब्यापारमा हुने अनुचित कृयाकलाप राेक्न लुम्बिनी प्रदेशकाे आग्रह

चाडपर्वकाे समयमा  ब्यापारमा हुने अनुचित कृयाकलाप राेक्न लुम्बिनी प्रदेशकाे आग्रह


  • 2.7K
    SHARES
    • आश्विन १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.1K Views

    चाडपर्वकाे समयमा  ब्यापारमा हुने अनुचित कृयाकलाप राेक्न लुम्बिनी प्रदेशकाे आग्रह

    images.jfifदेउखुरी  , १८ असाेज । चाडपर्वका समयमा ब्यापारमा हुने अनुचित कृयाकलाप रोक्न लुम्बिनी प्रदेश सरकारले अनुगमनमा कडाइ गर्ने भएको छ ।

    images

    लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सबै घरेलु तथा साना उद्योग कार्यालयलाइ परिपत्र गर्दै बजार अनुगमनलाइ कडाइ गरेर अनुचित कृयाकलाप नियमन गर्न निर्देशन दिएको छ ।

    उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले चाडवाडका समयमा उपभोक्ता माथी हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाइ तिब्र पारिने जनकारी दिए ।

    "चाडपर्वका समयमा उपभोक्ता हरु बजारबाट ठगिदै आइरहेको गुनासा हरु आइरहन्छन्, चाडवाडका बेला उपभोक्ता माथी हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाइ तिब्र पारिने छ,"मन्त्री न्यौपानेले भने "उपभोक्तालाई ठगी गर्ने हरुलाइ कार्वाहीको दायरामा ल्याइने छ ।" केहिदिन अघि मन्त्रालय मातहतको बजार नियमन तथा प्रतिष्पर्धा प्रवर्धन परिषद बैठकले समेत बजार अनुगमनलाइ तिब्र पार्ने निर्णय गरेको थियो ।

    मन्त्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार मन्त्रालय मातहतका प्रदेशका १२ वटै जिल्लाका घरेलु उद्योग कार्यालयहरुले जिल्लाका सरोकार वाला पक्षको समन्वयमा  बजार अनुगमन गर्ने छन । बजार अनुगमनमा बजारमा देखिएका समस्या समाधान संगै उपभोक्ता हरुलाइ समेत ठगिन बाट जोगिने सचेत गराइने छ ।

    उपभोग्य वस्तुको मूल्य, गुणस्तर , परिमाण तथा शुद्धताका बारेमा उपभोक्तालाइ सचेत समेत गराइने मन्त्री न्यौपानेले जानकारी दिए । "बजारमा देखिने समस्या संगै उपभोक्ताहरुलाइ समेत ठगिनबाट जोगिन सचेत गराइने छ,"मन्त्री न्यौपानेले भने"बजारमा हुने अनुचित कृयाकलापबाट जोगिन उपभोक्ता आफू पनि सचेत हुनु जरुरी छ ।"


    तेस्रो आँखा