• ट्रेण्डिङ्ग :
दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा


  • 4.1K
    SHARES
    • आश्विन १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.3K Views

    दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

    बर्दघाट, १९ असोज । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । 

    images

    बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । 

    उहाँले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताउनुभयो । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । 


    तेस्रो आँखा