• ट्रेण्डिङ्ग :
मानवसेवा आश्रममा शुभकामना आदानप्रदान

मानवसेवा आश्रममा शुभकामना आदानप्रदान


  • 2.8K
    SHARES
    • आश्विन १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    मानवसेवा आश्रममा शुभकामना आदानप्रदान

    तुलसीपुर, १९ असोज । मानवसेवा आश्रम दाङ शाखामा विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    images

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले जस्को कोहि र केही छैन त्यसको मानवसेवा आश्रम रहेको बताउनु भयो । समाजमा सकारात्मक भावनाको विकाससँगै शान्ति, न्याय, अमनचयन र राज्यले छुटयाएको हक अधिकार मानवले उपभोग गर्न पाउनुपर्ने बताउनु भयो । 

    ुदाङको तुलसीपुरमा मानवसेवा आश्रम स्थापन हुँदा हामी सबैले गर्व गर्नुपर्छ। भविष्य कसैले देखेको छैन । भोलि यहाँ आउन नपर्ला भन्न सकिदैना । राज्य सोचेको छैन कानुन त छ तर यस्को कार्यन्वयन हुन सकेको छैनू उहाँले बताउनु भयो । कार्यपालिकाको प्रतिनिधिको हेसियतले आफुबाट हुने हरेक क्षेत्रमा मानवसेवा आश्रमलाई  सहयोग गर्ने बताउनुभयो । 

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँ लगायत देशमा नै सडकपेटी, मन्दिर र पुल जस्ता ठाउँमा जिवन बिताईरहेका मानवहरुको लागि मानव सेवा आश्रम एउटा मन्दिर भएको बताउनुभयो । 
     
    मानवसेवा आश्रम तथा लुम्बिनी प्रदेशकी संयोजक  सुरु अधिकारीले मानवसेवा आश्रमलाई अहिलेसम्म यो स्थानमा आउने क्रममा सहयोग गर्ने सम्पुर्ण अभिभावकहरु धन्यवाद दिनुभएको थियो । उहाँले मानवसेवा आश्रमको भवन निर्माण गर्नका लागि पुजी र डिजाइन तयार भएपनि जग्गाको लालपुर्जाको कुरा नमिलेर काम गर्न ढिला भएको बताउनुभयो ।


    तेस्रो आँखा