• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीबारे छलफल हुने

प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीबारे छलफल हुने


  • 5.7K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीबारे छलफल हुने

    काठमाडौं, १५ फागुन। प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि छलफल हुनेछ। संघीय संसद् सचिवालयले एमसीसी सम्झौताबारे छलफल अघि बढाउने कार्यसूचीमा तय गरेको हो ।

    images

    आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो कार्यसूचीमा एमसीसी रहेकाे छ।

    अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

    सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदबाट पास गराउने कसरतमा छ।

    यस्तै, प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ।

    यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको  प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।


    तेस्रो आँखा