तुलसीपुर, २१ असोज । लियो क्लव अफ दाङका सचिव गणेश भण्डारीले आफ्नो २३ औं जन्मदिनको अवसरमा तुलसीपुर ६ स्थित मानव सेवा आश्रममा विहानीको खाजा खुवाउनु भएको छ ।
भण्डारीले समाजमा सकारात्मक सन्देश दिन र फजुल खर्च गर्नुभन्दा बेसहारा वृद्धवृद्धालाई खाना खुवाउनु पुण्यको काम रहेकोले आफ्नो जन्म दिनमा आश्रम आएर खाजा खुवाएको बताउनु भयो । साथै उहाँले आफ्नो सामाजिक कार्यमा सहभागी भइ साथ सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा जन्मदिनको शुभकामना व्यक्त गर्दै तुलसीपुर वडा नं। ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात)ले युवाहरुलाई सामाजिक र आर्थिक समृद्धिको बाटो हिड्न प्रेरित गर्ने सक्रिय युवा गणेश रहेको बताउनु भएको थियो । उहाँले सामाजिक कार्यमा सक्रिय भूमिका खेल्ने युवाहरुको राजनीतिमा पनि आवश्यकता रहेको बताउनु भयो । समाजमा सकारात्मक प्रभाव पार्नका लागि युवाहरु नै लाग्नु पर्ने बताउनु भयो ।
उक्त अवसरमा पत्रकार दिपक बोहराले समाजका विकृतिहरुलाई न्युनीकरण गर्नका लागि समाजिक कार्यको भूमिका रहने बताउनु भयो । उहाँले हरेक युवाहरुले एक एक गरी समाजमा उदाहरणीय कार्यमा लाग्नुपर्ने बताउनु भयो ।
