• ट्रेण्डिङ्ग :
संस्कार गृहको उद्घाटन

संस्कार गृहको उद्घाटन


  • 2.8K
    SHARES
    • आश्विन २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    संस्कार गृहको उद्घाटन

    घोराही २१ असोज । घोराही उपमहानगरपालिका १७ गुलरियामा रहेको संस्कार गृहको उदघाटन गरिएको छ । शिवपार्वती तथा राधाकृष्ण, मन्दिर संस्कार गृह निर्माण उपभोक्ता समितिको आयोजनामा गृहको उदघाटन गरिएकोहो ।

    images

    समितिका सभापति शरदकुमार शर्माको अध्यक्षता तथा सबै भन्दा धेरै रकम दान गर्ने दानबिर बसन्ता केसी को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी बक्ताहरुले सबैको सहयोग र आटले सस्कार गृह निर्माण गरिएको भन्दै अब यसलाइ पुर्ण रुपमा संचालनमा ल्याउन सके मात्र सार्थक हुने बताएका थिय ।

    कार्यक्रममा विशिष्ट अतिवि  तथा वडा न १७ का वडा अध्यक्ष रामलौटन चौधरी विशिष्ट अतिथि तथा श्रीम‌द्भागवत सप्ताह ज्ञानमहाज्ञमा प्रमुख वाचक कोमल उपाध्याय, कावा। अध्यक्ष्य दिपक चौधरी स्थानिय समाजसेवी हरिप्रसाद पाण्डेय लागायतले आफ्नो भनाइ राख्नु भएको थियो । सरकार बाट कुनैपनी सहयोग नलिकन स्थानियको सहयोगमा  ४५ लाख ४५ हजारको लागतमा सस्कार गृह निर्माण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।  कार्यक्रमको सहजीकरण सरिता सुबेदीले गर्नु भएको थियो ।


    तेस्रो आँखा