• ट्रेण्डिङ्ग :
बबई नदिमा पौडी खेल्नेक्रम डुबेर एक बालकको मृत्यु, एकको शकुसल उद्वार

बबई नदिमा पौडी खेल्नेक्रम डुबेर एक बालकको मृत्यु, एकको शकुसल उद्वार


  • 3.5K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    बबई नदिमा पौडी खेल्नेक्रम डुबेर एक बालकको मृत्यु, एकको शकुसल उद्वार

    तुलसीपुर २२ असोज । बबई नदिमा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ भने एक बालकको शकुसल उद्वार गरिएको छ । मंगलबार दिउँसो पौने ३ बजेको समयमा दाङको दंगीशरण गाउँपालिका ४ बैबाङ स्थित बबइ नदिमा  पौडी खेल्ने क्रममा दंगीशरण १ बस्ने नरेश खड्काको छोरा  ९ वर्षीय पुस्कर खड्का र कविराम पुनको छोरा ९ वर्षीय तारा पुन डुबेका थिए । नदिमा डुबेर बेपत्ता भएको भन्ने  सुचनाको आधारमा गएको प्रहरी टोलीले  र स्थानियको सहयोगमा तारा पुन शकुसल उद्धार गरेको छ । 

    images

    अर्का बेपत्ता भएका पुस्कर खड्काको डुबेको स्थानदेखि  एकसय मिटर तल साढे ३ बजेको समयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा