• ट्रेण्डिङ्ग :
जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो


  • 3.0K
    SHARES
    • आश्विन २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

    काठमाडौँ, २४ असोज । हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई  विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।

    images

    जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । 

    दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ । तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजाआराधनाका लागि खुला गरिन्छ  । 

    तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा ल्याएको इतिहास छ । 


    तेस्रो आँखा