• ट्रेण्डिङ्ग :
एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर 

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर 


  • 7.5K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर 

    काठमाडौं, १५ फागुन। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् । 

    images

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका छन् । 

    उनले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए । नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे । 

    ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झौता भएको दाबी गर्दै यसबाट देशको विकास हुने पनि बताए ।


    तेस्रो आँखा