• ट्रेण्डिङ्ग :
प्रेम सुवालको प्रश्न- ‘सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ’ 

प्रेम सुवालको प्रश्न- ‘सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ’ 


  • 6.9K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    प्रेम सुवालको प्रश्न-  ‘सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ’ 

    काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहित विपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । 

    images

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

    सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’ 

    उनी एमसीसी सम्झौताको विपक्षमा छन् । 


    तेस्रो आँखा