• ट्रेण्डिङ्ग :
इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु


  • 2.3K
    SHARES
    • आश्विन २६, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.6K Views

    इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

    गाजा, २६ असोज  । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

    images

    गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताएको छ । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घर–घरमा व्यापक बमबारी सञ्चालन गर्यो र ठूलो विस्फोट गराएको थियो ।

    यहाँ बालबालिका र महिला सहित २५ प्यालेस्टिनीहरूको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले बताए । एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ ।

    गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन् ।


    तेस्रो आँखा