काठमाडौं, १५ फागुन। नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले एमसीसी नेपालको विकास र समृद्धिका लागी आएको एमसीसी पारित गर्नु पर्ने बताएका छन्।
राष्टिय मुद्धामा भइरहेको सौद्धन्तिक छलफलमा नेता थापाले नेपालका सबै राजनीतिक दलहरुले निरन्तर अघि बढाउदै आएको परियोजानका नाममा राजनीति गर्नुभन्दा देशको समृद्धिका लागी सँगै बसेर बहस गर्न आग्रह गरेका हुन्।
सबैको सहभागीतामा सम्झौता गरेर आएको भन्दै नागरिकतहमा उठेका शंशयलाई सबै मिलेर स्पष्ट पार्नु पर्ने बताए।
उनले भने,‘ एमसीसी पारित गरौं छलफलद गरौं, काम गरौं, देशको हितमा काम गर्दै गर्दा सिंगो नेपालको सत्ता पक्ष प्रतिपक्ष एकैठाउ उभिएर नागरिकलाई आश्वस्त गर्नुपर्ने वेलामा संसदमा आएर उचाल्ने काम नगरौं ।’
