• ट्रेण्डिङ्ग :
यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो - भीम रावल

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो - भीम रावल


  • 6.0K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो - भीम रावल

    काठमाडौं, १५ फागुन। नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । 

    images

    आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए । 

    उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए। उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे । 

    सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए ।

    यस्तै, रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाउँदै यसले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताए । 

    उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन् ।

     

     


    तेस्रो आँखा