• ट्रेण्डिङ्ग :
एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदियाे - सांसद भुसाल

एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदियाे - सांसद भुसाल


  • 8.2K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदियाे - सांसद भुसाल

    काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीमाथि सरकारले व्यात्मक घोषणा गरेर प्रष्ट पारिदिएको बताएकी छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने बताएकी छन् ।

    images

    ुयसले नेपालमा रोजगारी वृद्धि गर्नेछ। सडक विस्तार हुनेछ। विद्युत बढाउन सहयोग पुग्नेछ। जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ,ु उनले भनिन् ।

    उनले एमसीसी दुई पक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शीता भएको बताएकी छन् । त्यसैले उनले समय सिमाभित्रै यसको रकमलाई सदुपयोग गर्नूपर्ने धारणा राखेकी छन् । विश्वका ४६ देशमा यो परियोजना लागू भएकाले नेपालमा पनि लागू हुँदा देशको हितमै हुने बताएकी छन् ।

     


    तेस्रो आँखा