काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रनिनिधि सभाबाट अनुमाेदन भएको छ ।
लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको हो । आइतबार साँझ प्रतिनिधि सभाको दोस्रो बैठकले बहुमतबाट एमसीसी पारित गरेकाे हाे । एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गरेका थिए ।
एमसीसी सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
