काठमाडौं, ०२ कात्तिक । सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिकातर्फ जाने जानकारी दिएको छ ।
यसअघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किनु भएकाे थियाे ।
भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग २ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने हुनु भएकाे छ।
