• ट्रेण्डिङ्ग :
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान


  • 2.7K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

    काठमाडौँ, ४ कात्तिक । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो ।

    images

    सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । 

    प्रवक्ता ढकालले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।”

    सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उहाँलेब ताउनुभयो । 


    तेस्रो आँखा