• ट्रेण्डिङ्ग :
केपी ओलीको सरकार रहिरहने हो भने जनताले दुःख पाउँछन् : रवि

केपी ओलीको सरकार रहिरहने हो भने जनताले दुःख पाउँछन् : रवि


  • 4.0K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    केपी ओलीको सरकार रहिरहने हो भने जनताले दुःख पाउँछन् : रवि

    पोखरा, ४ कात्तिक । सहकारी ठगी प्रकारणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवी लामिछाने पक्राउ परेपछि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएकाे छ ।  उहाँले सञ्चारकर्मीहरूसँत केपी शर्मा ओलीको सरकार रहिरहने हो भने जनताले दुःख पाउने बताउनु भएको छ ।

    images


    प्रहरीको भ्यानमा अदालत पुर्याइएका रास्वपा सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग भन्नुभयो, ‘केपी ओलीको सरकारविरुद्ध उत्रन म सबैलाई आह्वान गर्दछु।’

    ओली सरकारले निर्दोष मान्छेलाई झुठा मुद्दा लगाउने काम गरेको उनले आरोप लगाउनु भयो । उहाँले आफूलाई जस्तै प्रधानमन्त्री ओलीलाई छानविन गर्ने हो भने उनी सबै भन्दा बढी भ्रस्टाचारी ठहरिने बताउनु भयो ।

    आफूलाई अदालतले नै न्याय दिने पनि उहाँले बताउनु भयाे ।


    तेस्रो आँखा