• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष यमराज केसी)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष यमराज केसी)


  • 5.6K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.7K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष यमराज केसी)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष यमराज केसीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष केसीसँग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १) जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हामीले जनतालाई निर्वाचनको बेलामा थुप्रै आस्वासन दिएका थियौं, त्यो मध्ये करिब करिब आधा काम पूरा गरेका छौं । हाम्रो समयावदी पनि आधा सकिएको छ । अझै आधा काम गर्न बाँकी छ । जनताले अपेक्षा गरेका भौतिक पुर्वाधारका कुराहरूदेखि शिक्षा, स्वास्थ, खानेपानी, कुला, नालाहरुलाई समावेशी रुपमा विकास गरेका छौं । विकास गरेर सकिने चिज होईन, विकास जति गरेपनि नसकिने चिज हो, त्यसैले हामीले विकास निर्माणको कामलाई निरन्तरता दिँदै आएका छौं । 

    २) वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईंको वडामा त्यस्तो छ कि छैन ? 

    यस्ता खालका गुनासोहरु अन्य वडामा होला तर हाम्रो हकमा यहाँ छैन । हाम्रो तीन जना वडा सदस्यहरु अहिले यहीँ हुनुहुन्छ । हामीले स(साना कुराहरूको निर्णय गर्दा पनि सदस्यहरुलाई सहभागी गराएर उहाँहरुको विचार, राय र सल्लाह बुझेर निर्णय लिने गरेका छौं । समानरूपमा सबैलाई समावेश गराएर योजनाहरु तर्जुमा गर्नेदेखि लिएर हरेक समस्याहरुको समाधान गर्न वडा सदस्यहरुको सरसल्लाह बाटै गर्छौं । हाम्रो वडामा प्रत्येक महिनाको एक पटक सदस्यहरुको बैठक बसेर छलफल गर्ने गरेका छौं । 

    ३) वडाको समग्र समृद्धिकालागि तपाईका भावि योजनाहरु के के छन ? 

    वडालाई एउटा समृद्ध वडा, विकाससँगै जोडिएको वडा बनाउन हरेक किसिमका कामहरु हामीले गरिरहेका छौं । त्यस मध्यमा यहाँको महत्त्वपूर्ण बिषय भन्नेको गौरी ताल हो । गौरीगाउँ ताललाई पर्यटकीय क्षेत्रको रुपमा रुपान्तरण गर्नुपर्छ भन्ने बिषयमा हामी निरन्तरलागि परेका छौं । अहिले गौरी तालको डिपिआर पनि तयार भईसकेको छ । पर्यटकीय स्थलको रुपमा रुपान्तरण गर्नलाई डिपिआर सम्पन्न भइसकेको छ । बजेट अझै पारित भएको छैन । बजेट कहाँबाट कसरी  हाल्ने भन्ने बिषयमा हामीले माथिल्लो सरकारसँग निरन्तर रुपमा पहल गरिरहेका छौं । यो कार्य सम्बन्धि पहल एकदमै जारी छ । 

    ४) जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासो कतिको सुननुहुन्छ ?

    जनताको जनप्रतिनिधि भइसकेपछि हरेक किसिमका गुनासो पनि यहि हुन्छन् र हरेक किसिमका आशाहरु पनि यहिँ हुन्छन् । गुनासोहरु किन आउछन भन्ने गुनासो पनि रहँदैन र रहने कुरा पनि भएन । आउछन गुनासोहरु र अपेक्षा पनि धेरै हुन्छन् । जहाँ जस्तो किसिमको परिस्थिति सृजना हुन्छ त्यस्तै किसिमले अगाडि बढिरहेका छौं । कतिपय गुनासो विकास भएन, कतिपय आठिसादिको बिषयमा, कतिपय पानी पधेरी र कतिपय लेनदेनको बिषयमा गुनासोहरु आउँछन । जनताका समस्या लिएर आउने ठाउँ भनेकै स्थानीय सरकार हो । स्थानीय सरकारको अभिभावक भइसकेपछि गुनासोहरु आउनुपर्छ र आइरहेका छन, हामीले जनताका गुनासोहरु सकेसम्म सम्बोधन हुने गरि काम गरी रहेका छौं ।

    ५) सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यस्को निमित्त तपाईंहरुको तयारी कस्तो छ ? 

    २०३० सम्म प्रत्येक किसानको खेतसम्म पानीको पहुँच पुर्‍याउने अभियानका साथ हामीहरु सिँचाइकोलागि अग्रसर भएर लागी परेका छौं । त्यसै गरि प्रत्येक किसानहरु समृद्धिसंग जोडनुपर्छ भनेर अहिलेदेखि एउटा कार्यक्रम लागू गरेका छौ । किसानसँग वडाध्यक्ष कार्यक्रमु भन्ने, त्यस्मा पानीको पहुँच पुर्‍याउनकोलागि निःशुल्क रुपमा पानी बितरण गर्नुपर्छ । जहाँ पानीको पहुँच ट्युवेलहरु, स्थालेट्युवेल र टुववोडिङहरु भएका ठाउँमा निस्शुल्क पानी वितरण गर्ने अभियानमा लागेका छौं । सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षा हो । शिक्षालाई प्रत्येक बालबालिकाको पहुँच पुर्‍याउनुपर्छ भन्ने उद्देश्यका साथ बिद्यालयलाई अनुदान, बिद्यालयको स्तर सुधार, शैक्षिक गुणस्तर सुधारका जस्ता कुराहरुमा पनि हामी लागी परेका छौं । त्यसैगरी अर्को महत्त्वपूर्ण कुरा स्वास्थ्य हो, स्वास्थ्यको बिषयमा पनि हामी निरन्तर रुपमा खटिएका छौं । यी यावत कुराहरुमा जोडिदै २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा छौं ।


    तेस्रो आँखा