• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकः कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकः कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय


  • 4.6K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.0K Views

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकः कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय

    दाङ, ४ कात्तिक । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो । 

    images

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तर्गत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ । 

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ । बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर लुम्बिनी प्रदेशमा आउनु भएका डा. रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।


    तेस्रो आँखा