• ट्रेण्डिङ्ग :
अबैध रुपमा ढुङ्गा उत्खनन गरि रहेका १३ ट्याक्टर नियन्त्रण

अबैध रुपमा ढुङ्गा उत्खनन गरि रहेका १३ ट्याक्टर नियन्त्रण


  • 4.4K
    SHARES
    • कार्तिक ५, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.8K Views

    अबैध रुपमा ढुङ्गा उत्खनन गरि रहेका १३ ट्याक्टर नियन्त्रण

    तुलसीपुर, ५ कात्तिक । इलाका प्रहरी कार्यालय तुलसीपुरले अबैध रुपमा ढुङ्गा उत्खनन गरि रहेका १३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो १२ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा १२ र १६ को बिचमा पर्ने ग्वारखोलामा अबैध रुपमा ढुङ्गा उत्खन्न गरिरहेका १२ वटा र तुलसीपुर ३ स्थित पातुखोलाबाट १ वटा गरि जम्मा १३ वटा ट्याकटर ढुङ्गा सहित नियन्त्रणमा लिएको हो । 

    images

    नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारवाहिका लागि तुलसीपुर उपमहानगरपालिकामा ठाईएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा