काठमाडौं, ०५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा रुवाबासी गर्न जरुरी नरहेको बताउनुभएको छ ।
महामन्त्री शर्माले सहकारी ठगीमा केही मान्छे जेल जाँदैमा कसैले पनि रुवाबासी गर्न आवश्यक नरहेको बताउनुभयो ।
सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले काँग्रेसका दुई चार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी गर्न आवश्यक नहरेको बताउनुभउको छ ।
महामन्त्री शर्माले रास्वपाले रवि लामिछाने पक्राउको विरोधमा भइरहेको सडक आन्दोलनप्रति लक्षित गर्दै सडक विलापको जगहँसाई नगर्न सुझाब दिएका छन ।
‘काँग्रेसका दुई चार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाई नगरौँ’ महामन्त्री शर्माले लेख्नुभएको छ ।
उहाले रास्वपाका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएर पक्राउ परेपछि रास्वपाले गरेको विरोधप्रति असहमति जनाउनुभउको छ । उहाले भन्नुभएको छ ‘स्पष्ट हौँ दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो’ ।
आफ्नै दलका सांसद संलग्न भएर तयार पारेको प्रतिवेदनपछि रवि लामिछाने पक्राउ पर्दा राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसद्कै अपमान भएको उहाको भनाइ छ ।
‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ–प्रचलित कानुन बमोजिम कारबाही गर्नु । तर प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसद्कै अपमान होइन र रु’ उहाले भन्नुभयो ।
प्रदर्शनले न्यायालय प्रभावित गर्ने प्रयास गरेको महामन्त्री शर्माको जिकिर छ । ‘भ्रमको प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी’ उहाले भननुभएको छ ।
