काठमाडौं, ९ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताउनु भएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले महिलाहरूले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताउनुभयो । उहाले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताउनुभयो ।
उहाले महिला र बालबालिकाहरूको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री सुडीले महिला र बालबालिकाहरूको सशक्तिकरणमा ठूलो योगदान पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले महिला र बालबालिकाहरूको सशक्तिकरणमा भएका समस्याहरूको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘महिला सशक्तिकरण आवश्यक छ । महिलाहरूले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरूको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । महिला र बालबालिकाहरूको सशक्तिकरणमा ठूलो योगदान पुर्याउन आवश्यक छ । महिला र बालबालिकाहरूको सशक्तिकरणमा भएका समस्याहरूको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ ।’
मन्त्री सुडीले पिछडिएका व्यक्तिहरूको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनुभयो । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरूलाई निर्मूल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताउनु भएको हो ।
