• ट्रेण्डिङ्ग :
ज्ञानज्योति मा.वि.लाई बर्ष उत्कृष्ट विद्यालय अवार्ड

ज्ञानज्योति मा.वि.लाई बर्ष उत्कृष्ट विद्यालय अवार्ड


  • 3.8K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    ज्ञानज्योति मा.वि.लाई बर्ष उत्कृष्ट विद्यालय अवार्ड

    दाङ ९, कात्तिक ।  तुलसीपुरमा रहेको ज्ञानज्योति मावि बर्ष उत्कृष्ट विद्यालय अवार्ड बाट सम्मानित भएको छ । 

    images

    हालै अस्ट्रेलियामा सम्पन्न नेपाल एजुकेसन अवार्ड अस्ट्रेलिया-२०२४ मा विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञानज्योति माविलाई बर्ष उत्कृष्ट विद्यालय अवार्डबाट सम्मानित गरिएको हो । 

    ज्ञानज्योति स्कुलका एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।  विद्यालय उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका विभिन्न विद्यालय प्रमुख तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
    विद्यालयले पश्चिमी नेपालमै विभिन्न समयमा उत्कृष्ट पुरस्कार तथा अवार्डहरू र  निरन्तर अब्बल नतिजा ल्याउनुको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले बताउनुभयो । 

    दाङ जिल्लामै ज्ञान ज्योति एजुकेसन फाउन्डेसन अन्तर्गत १४ वटा  विद्यालयहरु उच्च व्यवस्थापनका साथ सञ्चालन भई रहेका छन । सोही कार्यक्रममा ज्ञानदीप कलेजले नेपाल एजुकेसन अवार्ड २०२४ प्राप्त गरेको थियो ।


    तेस्रो आँखा