• ट्रेण्डिङ्ग :
सडकको सीमा मापदण्डबारे नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र

सडकको सीमा मापदण्डबारे नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र


  • 3.5K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    सडकको सीमा मापदण्डबारे नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र

    दाङ, ९ कार्तिक । राप्ती राजमार्ग अन्तर्गत पर्ने तुलसीपुरको एयरपोर्टदेखि बिरेन्द्रचोकसम्मको सडकको सिमा मापदण्डबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् । 

    images

    स्थानीयले सडकको मापदण्ड तत्कालिन समयमा तुलसीपुर नगर विकास समितिले तोकेको नै हुनुपर्ने मागसहित नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

    ध्यानाकर्षणपत्रमा तत्कालिन तुलसीपुर नगरपालिकाले सहरीक्षेत्र विस्तारको क्रममा वडा नम्बर ५ सिमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्रबिन्दुको दायाँबायाँ कायम गरेको १५/१५ मिटर सिमालाई मान्यता दिनुपर्ने रहेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानले बताउनुभयो । 

    462553340_1075879650869509_6053889848266767973_n.jpg

    मञ्चका अध्यक्ष लामिछानेले सडकको मापदण्डबारे अन्यौलता हुँदा सवारी दुर्घटनाको जोखिम बढेको, घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रिवितरणमा समस्या हुने गरेको, दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएको लगायतका समस्या रहेको बताउनुभयो । 

    मापदण्डअनुसारको सडकमा स्तरोन्नति समयानुकुल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटर भित्रका खाल्डाहरु पुर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का ७ वटा टोलविकास संस्थाका २९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । 

    तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठले ‘क’ लाइनमा बनेका धेरै संरचना अहिलेकै मापदण्ड अनुसार नक्सा पास भएर बनेको हुँदा नयाँ मापदण्ड लागु भएमा ठुलो क्षति हुने बताउनुभयो । त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले राप्ती राजमार्गको पछिल्लो मापदण्डबारे जानकारी नभएको र अहिले नै भन्न नसकिने अवस्था रहेको बताउनुभयो । 

    उहाँले पछिल्लो मापदण्ड अनुसार राजमार्गको केन्द्रदेखि दायाँबायाँ २५/२५ मिटर रहेको र त्यसमा पनि पक्कि संरचना बनाउँदा करिब ६ मिटर छोड्नुपर्ने मापदण्ड रहेको बताउनुभयो । उहाँले राप्ती राजमार्ग पहिले सहायक राजमार्गको रुपमा रहेको हुँदा पनि दायाँबाया १५/१५ तोकिएको हुन सक्ने बताउनुभयो । उहाँले बजारमा क्षेत्रमा रहेका खाल्डा पुर्न आवश्यक पहल गर्ने बताउनुभयो । 

    तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राप्ती राजमार्गको स्तरोन्नती गर्दा तुलसीपुर बजारलाई मात्रै भन्दै तुलसीपुर क्षेत्रभित्र पर्ने १३ नम्बर वडादेखि ३ नम्बर वडासम्म योजना बन्नुपर्ने बताउनुभयो ।

    उहाँले संघीय सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकाले पनि स्थानीय सरकारको पहुँचभित्र नभएको  बताउनुभयो । तुलसीपुर बजारलाई सुन्दर र व्यवस्थित बनाउन स्थानीय सरकारले आवश्यक पहल कदम थाल्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नती हुँदा विद्युतका संरचना हटाउने बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार चेतन रेग्मीले गर्नुभएको थियो ।


    तेस्रो आँखा