• ट्रेण्डिङ्ग :
एमसीसी पुनः संसदमा छलफल गराउन पूर्व सुरक्षकर्मी परिषद नेपालको माग

एमसीसी पुनः संसदमा छलफल गराउन पूर्व सुरक्षकर्मी परिषद नेपालको माग


  • 8.8K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    एमसीसी पुनः संसदमा छलफल गराउन पूर्व सुरक्षकर्मी परिषद नेपालको माग

    काठमाडौं, १६ फागुन। पूर्व सुरक्षाकर्मी परिषद नेपालले आइतबार संसदबाट पारित गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पुनः संसदमा फर्काउन माग गरेकाे छ। राष्ट्रियताको विषयसँग जोडिएको एमसीसी परियोजना संसदअवरुद्ध भइरहेको अवस्थामा जवरजस्ती पारित गरिएको भन्दै त्यसलाई सर्वस्वीकार्य बनाउन पुनः संसदमै पठाउन राष्ट्रपति समक्ष माग गरेको हो।  

    images

    पूर्व सुरक्षाकर्मी परिषद नेपालले राष्ट्रिपति विद्यादेवी भण्डारीलाई पत्र लेख्दै सर्वपक्षीय सम्मेलनबाट स्वीकार्य हुनेगरी पूनः संसदमै छलफल गराउन अनुरोध गरेको छ। सरकारको यस किसीमको बल मिच्याइ र राष्ट्रघाती कदमले मुलुक ठूलो विग्रहमा जाने राष्ट्रपतिलाई लेखिएको पत्रमा उल्लेख छ।

    सरकारले एकतर्फि रुपमा व्यख्यात्मक विश्लेषण गरेको भन्दै विशिष्ट राजनीतिज्ञ,अभियानकर्ता, विश्लेषक, पत्रकार, कानुनव्यवसायी, पूर्व सचिवहरु लगायत विशिष्ट व्यसक्तिहरुको अवरोध हुँदा हुँदै एमसीसी ल्याइएको आरोप लगाउको छ। संसदमा समेत सबै दलहरुलाई छलफलमा सहभागि नगराई पास गरिएको कम्प्याक्ट राष्ट्रघाती भएको उल्लेख छ।

    यो निर्णयले देश आगामी दिनमा हिंसात्मक द्धन्दमा फस्ने सम्भावना रहेको समेत उल्लेख गरिएको छ। एमसीसी संझौता राष्ट्रपतिले मातृभूमिको माटोलाई शिरमा राखेर  पुनः संसदमा पठाउने निर्णय लिन अनुरोध गरेको  अध्यक्ष कोमलबहादुर राउतले हस्ताक्षेर गरेको पत्रमा  उल्लेख गरिएको छ।

    274178564_486717973078492_8574097081509115647_n.jpg


    तेस्रो आँखा