• ट्रेण्डिङ्ग :
वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गरौँ, : श्रममन्त्री भण्डारी

वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गरौँ, : श्रममन्त्री भण्डारी


  • 2.0K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.1K Views

    वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गरौँ, : श्रममन्त्री भण्डारी

    काठमाडौं, १२ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताउनु भएको छ ।

    images

    सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताउनुभयो ।

    बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताउनुभएको छ । उहाँले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

    अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको उल्लेख गर्दै सरकारलाई असफल हुने छुट नरहेको बताउनुभयो ।

    श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताउनु भएको छ ।


    तेस्रो आँखा