• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक


  • 3.7K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    प्रधानमन्त्री ओलीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

    काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक  बोलाउनु भएको छ  । यसअघि सोमबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।

    images


    बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा केही महत्वपूर्ण विषयमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ । एक मन्त्रीका अनुसार बैठकको मुख्य एजेन्डामा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङबारे विचार विमर्श हुने सम्भावना छ ।

    केही दिनअघि घिसिङले विद्युत महसुल नतिर्ने ३४ उद्योगको डेडिकेटेड ट्रंकलाइन काटिदिएपछि सरकारले उक्त कदमलाई असन्तुष्टिको रूपमा हेरेको छ । सम्भवतः यस निर्णयबारे सरकारको धारणा स्पष्ट हुनेछ ।

    त्यसैगरी, प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणसम्बन्धी छलफल पनि आजको बैठकमा समेटिन सक्ने अनुमान गरिएको छ ।


    तेस्रो आँखा