• ट्रेण्डिङ्ग :
रास्वपा उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच भेटवार्ता

रास्वपा उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच भेटवार्ता


  • 6.9K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 10.6K Views

    रास्वपा उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच भेटवार्ता

    काठमाडौं, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गृहमन्त्री रमेश लेखकलाई भेट्नु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई भेट्नु भएको हो ।

    images

    अर्यालका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हाम्रो भेट हिजो साँझ साढे ६ बजेतिर भएको हो । समसामयिक के कसो छ भनेर भेटे‚’ उहाँले भन्नुभयो । 

    भेटका क्रममा आफूले रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा जानकारी दिएको पनि उहाँले बताउनु भयो । ‘आज हामी बालुवाटारमा प्रदर्शन गर्दैछौं, त्यसैको शान्ति सुरक्षाका निम्ति गृहमन्त्रीसँग कुराकानी गरेको हुँ, अरू विषयमा कुराकानी भएन,’ उपसभापति अर्यालले भन्नुभयो ।

    रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन्। गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरेर पोखरा लगिएको थियो।


    तेस्रो आँखा