• ट्रेण्डिङ्ग :
माडी खोलाले बगाउँदा एक बालक वेपत्ता

माडी खोलाले बगाउँदा एक बालक वेपत्ता


  • 3.2K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    माडी खोलाले बगाउँदा एक बालक वेपत्ता

    रोल्पा, १३ कात्तिक । रोल्पामा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् । जिल्लाको माडी गाउँपालिका- लाप्चुङ भर्लेवाङ स्थित माडी खोलामा खेल्ने क्रममा बालक वेपत्ता भएको प्रहरीले जनाएको छ ।

    images

    वेपत्ता  हुने बालक माडी गाउँपालिका-६ अमराईबोटका नरेश विकका ६ वर्षिय छोरा निशान्त विक रहेका रोल्पा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार खोलाको किनारमा खेल्ने क्रममा विकलाई खोलाले बगाएको हो । वेपत्ता भएका बालकको साथमा देविराज विकका ५ वर्षिय छोरा बिजय विक पनि रहेको र उहाँ सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । 

    घटना मंगलबार दिउँसो १२ बजेको समयमा भएको पाइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारी र प्रहरी चौकी माडीचौरबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्ति मगरको नेतृत्वमा साथै स्थानीयहरुको सहभागितामा खोजी कार्य भैरहेको  छ ।


    तेस्रो आँखा