• ट्रेण्डिङ्ग :
सरकार असफल भएपनि अहिले नै सरकार ढाल्ने पक्षमा छैन : अध्यक्ष दाहाल

सरकार असफल भएपनि अहिले नै सरकार ढाल्ने पक्षमा छैन : अध्यक्ष दाहाल


  • 3.0K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सरकार असफल भएपनि अहिले नै सरकार ढाल्ने पक्षमा छैन : अध्यक्ष दाहाल

    काठमाडौँ, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनु भएको छ ।

    images

    मङ्गलवार अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गर्नुभयो । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताउनुभयो ।

    अध्यक्ष दाहालले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको बताउनुभयो । सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताउनु भएको हो ।

    अध्यक्ष दाहालले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गर्नुभयो


    तेस्रो आँखा