• ट्रेण्डिङ्ग :
बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित हुँदै


  • 11.1K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.0K Views

    बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित हुँदै

    काठमाडौं, १७ फागुन। बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन्। सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन्।

    images

    माननीयज्यू पक्राउ परेको खबर आएको बताउँदै प्रवक्ता रोजनाथ पाण्डेले 'औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ। उनका अनुसार संसदको आगमी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ। मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घटनेछ।

    जुम्लाकी एक महिला शिक्षककाे उजुरीको आधारमा सांसद बानियाँ पक्राउ परेका हुन्। माघ १८ मा २५ लाख रुपैयाँ दिन्छु भन्दै होटलमा बोलाएको तर पैसा नदिई उल्टै बलात्कार गरेको भन्दै शिक्षकले माघ २७ गते उजुरी दिएकी थिइन्।  

    लामो समय फरार रहेका बानियाँ हिजाे नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका थिए। हाल बाँके जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका सांसद बानियाँलाई आज अदालतमा म्याद थपका लागि उभ्याइनेछ।


    तेस्रो आँखा