• ट्रेण्डिङ्ग :
सुर्खेतमा आज साँझसम्म कर्फ्यू जारी 

सुर्खेतमा आज साँझसम्म कर्फ्यू जारी 


  • 12.5K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 19.2K Views

    सुर्खेतमा आज साँझसम्म कर्फ्यू जारी 

    काठमाडौं, १७ फागुन। सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि सोमबार साँझ सवा ८ देखि आज (मंगलबार) बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएकाे छ । 

    images

    साेमबार तनवा बढेपछि आजसम्म कर्फ्यू आदेश गरिएकाे प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको उनले जानकारी दिए। उनकाअनुसार स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

    एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए। नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए।

    दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ/ठाउँमा झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो  ।

    आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको थियाे । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको प्रहरीले जनाएकाे छ । 

    274572880_747998719500272_1857822684122489745_n.jpg

     

     


    तेस्रो आँखा