• ट्रेण्डिङ्ग :
इप्रका तुलसीपुरद्वारा करिब २ लाख बराबरको पटाका नष्ट

इप्रका तुलसीपुरद्वारा करिब २ लाख बराबरको पटाका नष्ट


  • 3.8K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    इप्रका तुलसीपुरद्वारा करिब २ लाख बराबरको पटाका नष्ट

    तुलसीपुर, १४ कात्तिक । इलाका प्रहरी कार्यालय तुलसीपुरले जफत गरिएको करिब दुई लाख बराबरको पटाका नष्ट गरेको छ । एक हप्तामा तुलसीपुरका विभिन्न स्थानबाट जफत गरिएका पटाका नष्ट गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

    images
    WhatsApp Image 2024-10-30 at 12.29.09 PM.jpeg

    उहाँकाअनुसार तुलसीपुर–१३ दमारगाउँ चेकपोष्ट र बजारका विभिन्न पसलबाट मुन्ना पटाका, सुतली पटाका, विग बुलेट पटाका, मार्सल पटाका, ट्रेसर बम पटाका, सोले बम पटाका, रकेट पटाका, लाइजामन्जुलगायतका पटाकाहरु जफत गरी नष्ट गरिएको छ । 

    WhatsApp Image 2024-10-30 at 12.30.27 PM.jpeg

    बुधबार इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रतिनिधि, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा उक्त पटाका नष्ट गरिएको हो ।


    तेस्रो आँखा