• ट्रेण्डिङ्ग :
टिपर दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु


  • 4.7K
    SHARES
    • कार्तिक १५, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.2K Views

    टिपर दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु

    काठमाडौं १५ कात्तिक । सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।

    images

    मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो ।

    दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा