• ट्रेण्डिङ्ग :
सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा रिहा


  • 4.0K
    SHARES
    • कार्तिक १५, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा रिहा

    काठमाडौं १५ कात्तिक । विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा समातिएका माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा छुटेका छन् ।

    images

    उनका छोरा राहुल महरा अदालतले तोकेको सजाय भुक्तान गरेपछि रिहा भएका केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलका कारागार प्रशासक कृष्ण बहादुर कटुवालले बताए । कारागार प्रशासक कटुवालका अनुसार राहुल यही कार्तिक १३ गते रिहा भएका हुन् ।

    सजाय भुक्तान गरिसेकपछि रिहा भएका महरालाई सोही दिन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक,ललितपुर बुझाइएको कारागारका कर्मचारी नारायण मगरले बताए ।

    राहुललाई २०८० भदौ १३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


    तेस्रो आँखा