काठमाडौं, १६ कात्तिक । हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने बताउनु भएको छ ।
आफ्नो कार्यक्रम राजनीतिक, जिहादी, सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरूमा सैयद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता रहेको बताउनुभयाे ।
कासिमले हिजबुल्लाहको नयाँ महासचिवको रूपमा आफ्नो नियुक्ति पछि आफ्नो पहिलो टेलिभिजन भाषणमा सो टिप्पणी गर्नुभयाे ।
कासिमले गाजा क्षेत्रमा इजरायलले निम्त्याएको खतराको सामना गर्न गाजालाई समर्थन गर्न आवश्यक रहेकोमा जोड दिनुभएकाे छ ।
