• ट्रेण्डिङ्ग :
भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल रियाद प्रस्थान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल रियाद प्रस्थान


  • 5.7K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.8K Views

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल रियाद प्रस्थान

    काठमाडौं १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रियाद प्रस्थान गर्नुभएको छ । सडक सुरक्षाबारे नोभेम्बर २ देखि ४ तारिकसम्म तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ शुक्रबार साउदी अरेबियाको रियाद प्रस्थान गर्नु भएको हो । 

    images

    उहाँको साथमा धर्मपत्नी दिलमायाँ कार्कीसहित  मन्त्री दाहालका सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल समेत सहभागी हुनु भएको छ । इन्टरनेशनल रोड फेडेरेशन, आईआरएफ ग्लोवल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवम् विज्ञहरूले सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यपत्रहरू पेश गरी छलफल हुने कार्यक्रम रहेको छ।


    तेस्रो आँखा