काठमाडाैं,१७ फागुन । नेकपा उमालेका अध्यक्ष केपी शर्मा ओलीलेले सत्ता साझेदार दल नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले कार्यकर्तालाई सडकमा पठाएर एमसीसी पारित गराएको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीलेले प्रचण्ड र माधव नेपालले कार्यकर्ता सडमा भेला गराउँने, सडक भत्काउने, ढुंगामुढा गराउने गरेको र सदनमा एमसीसी पारित गरेको बताएका हुन् ।
संसदको सबैभन्दा ठुलो राजनीतिक दल एमालेसँग परामर्श नगरी व्यख्यात्मक टिप्पणीका नाममा जनतालाई ढाँटेको उनले बताए । उनले भने, ‘नेपाली जनतालाई झुक्याउने अल्मल्याउने बाहेक केही नभएको व्यख्यात्मक घोषण हो ।’ सभामुखले मर्यादा पलकहरुको पिठ्यू पछाडी बसेर चलाएको संसद कानुनी विपरित भएको उनले टिप्पणी गरे । उनले भने, संसदमा हामीमाथि ज्याजदीपूर्ण ढंगका व्यवहार भए ।’
यो सरकारमा लोकतन्त्र मास्नेहरु, लोकतन्त्रलाई स्वीकार गरिनसकेकाहरुको जमात बढी भएकाले यस सरकारका कृयाकलापहरु राष्ट्रहितमा नहुने उनको भनाइ छ । ओली र प्रचण्डले आफूहरु सत्ता जोगाउन र गठबन्धन जोगाउन एमसीसी पास गर्न तयार भएको बताए । संसदीय अभ्यास भन्दा बाहिर लोकतान्त्रीम मूल्य मान्यता र कानुनको विपरित काम गरेको ओलीले आरोप लगाए ।
एमसीसी कार्यन्वायन सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका पक्षमा हुनगरी गर्नु पर्ने एमालेको जोड रहेको उनको भनाय छ । एमसीसकिा नाममा कुनै मुलुकसँगको सम्बन्ध विगार्ने भन्दापनि विकासका साझेदार मुलुमकहरुसँगको सम्बन्ध सुमधुर राख्ने एमालेको उद्देश्य रहेको ओलीले बताए ।
