• ट्रेण्डिङ्ग :
कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछः अध्यक्ष नेपाल

कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछः अध्यक्ष नेपाल


  • 3.5K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछः अध्यक्ष नेपाल

    काठमाडौं, १६ कत्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गएको बताउनु भयो । कम्युनिस्ट आन्दोलनको बाधक तत्व कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको पनि उहाँले बताउनु भयो । 

    images

    पार्टी निकट जनसांस्कृतिक महासंघद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उहाँले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।

    "अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ," अध्यक्ष नेपालले भन्नुभयो, "सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ। यो नै  प्रमुख समस्या हो।"

    पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

    मुलुकमा दण्डहीनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिस्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्वीकार गरेर एकीकृत हुनपर्ने विचार उहाँले  व्यक्त गर्नुभयो । रासस 


    तेस्रो आँखा