• ट्रेण्डिङ्ग :
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक


  • 2.5K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

    काठमाडौं, १७ कात्तिक  । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताउनु भएको छ  । ‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा शुक्रवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो । 

    images

    “कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्व छ”, उहाँले भन्नुभयाे । 

    एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताउनु भएको छ  । “हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो”, उहाँले भन्नुभयो । 


    तेस्रो आँखा