काठमाडौं,१७ फागुन । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ । मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल गरेको बताएको हो ।
नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नाे पार्टीले पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताए । उनले भने, ‘त्यसले देशलाई अप्ठेरो अवस्थामा पु¥याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ।’नेपालले थपे, ‘एमालेले एमसीसीका विषयमा अन्त्यमा आएर न समर्थन न विरोध गर्यो, त्यसले संसदमा एउटा तमासाको स्थिति बन्यो ।’
एमालेकै कारणा एमसीसी अघि बढाउन सारा कुरा गरेपनि अन्तयमा आएर तमासा देखाएकाे नेपालकाे आराेप छ । उनले भने, ‘ यो किन भयो भन्दा समाजवादीको अस्तित्वबाट आतङ्कित भएर । सांसदहरूको उपस्थितिबाट विचलित भएर । हामी वैधानिक रूपमा स्थापित भएको पार्टी हो ।’ एमसीसीलाई नेकपा एसले सचेततापूर्वक अडान लिएर सफलतामा पुर्याएको उनकाे भनाइ छ ।
