• ट्रेण्डिङ्ग :
विश्वकप लिग-२ मा आज फेरि नेपाल र अमेरिका भिड्दै

विश्वकप लिग-२ मा आज फेरि नेपाल र अमेरिका भिड्दै


  • 4.3K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.7K Views

    विश्वकप लिग-२ मा आज फेरि नेपाल र अमेरिका भिड्दै

    काठमाडौं, १७ कात्तिक । आइसिसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ ।

    images

    लिग-२ मा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ । तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

    यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी-ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । दुई टोलीबीच हालसम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ ।

    लिग-२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ । टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ । अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

     

     
     
     
     
     
     
     
     


    तेस्रो आँखा