अर्घाखाँची १९ कात्तिक । अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेको समयमा देउसीभैलो नाचिरहेको स्थानमा ना ३ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकोमा १ महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
