• ट्रेण्डिङ्ग :
नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

नेपाल र स्कटल्यान्डबीचको खेल रद्द


  • 2.4K
    SHARES
    • कार्तिक २०, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.7K Views

    नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

    काठमाडौं २० कात्तिक । आधिहुरीको सम्भावनासँगै आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

    images

    राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना छ । जसको कारण खेल स्थगित भएको हो । योसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् ।

    नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अव लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।


    तेस्रो आँखा