• ट्रेण्डिङ्ग :
कात्तिक २४ गते एमाले सचिवालय बैठक बस्ने

कात्तिक २४ गते एमाले सचिवालय बैठक बस्ने


  • 4.6K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.0K Views

    कात्तिक २४ गते एमाले सचिवालय बैठक बस्ने

    काठमाडौँ २१ कात्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

    images

    एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ । मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


    तेस्रो आँखा