रुकुम, २१ कात्तिक । पूर्वी रुकुमबाट काठमाडौँ जाँदै गरेको ना८ख ८४१४ रात्रि बस बागलुङको निसिखोला–६, जाउलेपानीमा दुर्घटना भएको छ। बसमा करिब ४० जना यात्रु थिए।
प्रत्यक्षदर्शीका अनुसार, बसको ब्रेकफेल भई करिब १०० मिटर पछाडि पल्टिएको हो। घटनास्थलमा निसिखोलाबाट प्रहरीको टोली पुगेको छ भने बुर्तिबाङबाट पनि प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १० जना प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिनुभएको छ ।
दुर्घटनामा १९ जना घाइते भएका छन् र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि पठाइएको छ।
