काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । पौडेलले बुधवार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पलाई बधाई दिनुभएको हो ।
राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको बताउनुभएको छ ।
‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई,’ उहाँले लेख्नुभएको छ, ‘अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको सफलताको शुभकामना । तपाईँको कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’
